एजेन्सी। सामाजिक सञ्जालमा लाखौँ फलोअर्स भएका एक चर्चित भारतीय इन्फ्लुएन्सर आफ्नै गाउँको चुनावमा भने ३३ मतमा सीमित भएका छन्।

भारतको राजस्थानमा सम्पन्न पञ्चायती चुनावमा फलौदी क्षेत्रका ओमप्रकाश बिश्नोई सरपञ्च पदका उम्मेदवार बनेका थिए। इन्स्टाग्राम र फेसबुकमा गरी २१ लाखभन्दा बढी फलोअर्स तथा युट्युबमा पाँच लाखभन्दा बढी सदस्य भएका उनले चुनावमा भने अपेक्षित समर्थन पाउन सकेनन्।

ओमप्रकाश आफ्ना मौलिक शैलीका छोटा भिडियोका कारण चर्चित छन्। विशेषगरी खाना खाने र घिउ प्रयोग गरेर विभिन्न परिकार बनाउने उनका भिडियो सामाजिक सञ्जालमा लोकप्रिय छन्।

डिजिटल लोकप्रियताकै आधारमा चुनावी मैदानमा उत्रिएका उनी फलौदीको ‘इन्द्रों की ढाणी–२’ पञ्चायतबाट सरपञ्च पदका उम्मेदवार बनेका थिए। उक्त पञ्चायतमा करिब १ हजार ६०० मतदाता रहेको बताइएको छ।

तर मतगणनाको नतिजामा उनको पक्षमा ३३ मत मात्रै खस्यो। लाखौँ फलोअर्स भए पनि स्थानीय चुनावमा मतदाताको समर्थन जुटाउन नसकेको उनको नतिजाले सामाजिक सञ्जालको लोकप्रियता र वास्तविक जनसमर्थनबीचको अन्तरलाई चर्चामा ल्याएको छ।

प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com