सिरहा । नक्कली नेपाली नोट कारोबार गरेको आरोपमा प्रहरीले सिरहाबाट दुई जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २५ हजार ५०० रुपैयाँ बराबरका नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार राति करिब ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–६ का ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मिया रहेका छन्।

उनीहरूको साथबाट ५०० रुपैयाँ दरका तीन थान र एक हजार रुपैयाँ दरका २४ थान गरी जम्मा २७ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद नोटसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com