काठमाडाैं । नेपाल प्रिमियर लिग अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको आज तय भएको दोस्रो खेल ५-५ ओभरको हुने भएको छ। केही बेरपछि टस हुनेछ। खेल ७:४१ बजे सुरु हुनेछ।
यसअघि आजका लागि तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल भने रद्द भएको थियो। अंक बाँडेपछि दुबै टोलीको समान ३ अंक पुगेको छ। लुम्बिनी र चितवन दुबैले आ आफ्नो पहिलो खेल जितेका थिए।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार











प्रतिक्रिया