काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा रहेको बताएका छन्।

मेचीनगर–६ स्थित काँकडभिट्टामा आज पार्टीले आयोजना गरेको जनसभामा अध्यक्ष राईले पार्टीका श्रमदाताले मुलुकको विभिन्न स्थानमा गरिबका लागि श्रम बगाएर आफ्नो राजनीतिक लक्ष्य कामले प्रमाणित गरिरहेको दाबी गरेका थिए।

झापाका बासिन्दाले जङ्गली हात्तीको समस्या झेल्नु परिरहेको उल्लेख गर्दै अध्यक्ष राईले हरेक नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरेका थिए।

यसैबीच श्रम संस्कृति पार्टीले आज अर्जुनधारामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष राईले श्रम गरेर नै देशलाई सुखी र समृद्ध बनाउन सकिने धारणा व्यक्त गरेका थिए।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com