पोखरा । मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको बस मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित धम्पु सडकमा दुर्घटना भएको छ।  जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको म्याग्दी कोरला यातायात प्रा.लि.को बस बुधबार बिहान ८:३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

बसमा सवार १७ जना यात्रुमध्ये ४ जना गम्भीर घाइते भएका छन्। अन्य यात्रु भने सामान्य घाइते छन्। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पुस्थित सडकको बायाँ करिब ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको प्रहरी नायव उपरीक्षक (डीएसपी)रविन्द्रनाथ पौडेलले जानकारी दिए।

advertisement

गम्भीर घाइते यात्रुलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने सामान्य घाइते यात्रुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक (डीएसपी ) पोडेलले जानकारी दिए।

बस दुर्घटनाको सूचना भएसँगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार तामाङसहित १५ जना र लेते प्रहरी चौकीबाट ५ जनाको प्रहरी टोली घटनाम स्थलमा पुगेर उद्दारमा खटिएको थियो।

प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com