काठमाडौं । म्याकुरीको नामले परिचित कलाकार पवन खतिवडा सहित २ जनालाई मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा ईलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको छ ।

मंगलबार राति बेलबारी १ मा रहेकोएक होटलमा मादक पदार्थ सेवन गरी सँगै मादक पदार्थ सेवन गरेका बेलबारी ४ का एक युवालाई टाउकोमा प्रहार गरी टाउको फुटाईदिएका थिए । होटलबाट बाहिर निस्किएर झगडा गरेको प्रहरीलाई स्थानीयले खबर गरेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर खगेन्द्र धमलाले जानकारी दिए।

पिडित पक्ष ईलाकामा आएर सहमति नगरे सम्म खतिवडा प्रहरी नियन्त्रणमा रहने समेत उनले बताए । पिडितलाई भने अस्पताल लगिएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com