काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालकोटको बेवास्तामा परे ।

नेकपाकालदेखिकै विवाद र पार्टी विभाजन नै गरेपश्चात् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालको सम्बन्ध एकदमै तिक्ततापूर्ण छ ।

advertisement

दुई नेताहरु एक अर्काको खेदो खन्नमा नै व्यस्त थिए । लामो अन्तरद्वन्द्वकाबीच यसैसाता दुई नेताले सँगै चार घण्टा बिताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले बालकोटमा माधव नेपाललाई नलैजानुको कारण थियो– केपी शर्मा ओलीको व्यवहार र बेवास्ता ।

तर उनै ओलीले नेकपा एसका अध्यक्ष नेपाललाई खोजे र चारघण्टा बिताए ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा बुधबार नेपालले ओलीसँगको भेटबारे ब्रिफिङ गरेका थिए ।

उनले बाहिर चर्चामा आएजस्तो आफूलाई राष्ट्रपतिको प्रस्ताव नआएको बताएका छन् । उनले ओलीसँग चार घण्टा छलफल भएको ब्रिफ्रिङ गरेका हुन् ।

“बाहिर आएजस्तो राष्ट्रपतिको प्रस्ताव भएको छैन । अहिले पार्टी एकता गरौँ । त्यसो गर्दा सबैभन्दा ठूलो बन्छ । पार्टीलाई एक बनाएर लैजानुपर्छ,” ओलीको प्रस्ताबारे नेपालले बैठकमा भनेका थिए ।

तर, अध्यक्ष नेपालले भने ओलीको प्रस्ताव आफूलाई विश्वास नलागेको बताएका छन् ।

“उहाँले पार्टी एकताको प्रस्ताव गर्नुभएको छ । भावनात्मक कुराले हुँदैन । त्यसमा विश्वास लागेको छैन,” नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

स्रोतका अनुसार चार घण्टाको बसाइमा अधिकांश समय ओली नै बोलेका थिए ।  उनले हिजोका दिनमा कोबाट कस्तो गल्ती भयो भनेर पार्टी एकता हुन नसक्ने बताएका थिए ।

‘उहाँ बोलेको बोल्यै गर्नुभयो । मैले सुनिरहेँ । अन्त्यमा म हिँड्न हतार भयो । मेरो कुरा पनि सुन्नुस् न भनेर आफ्ना कुरा राखेर हिडेँ,’ नेपालले ब्रिफिङ गरेका थिए

प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com