काठमाडौँ । नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पुरानै गठबन्धन ब्युँताउने समझदारी जुटेको छ ।

“हामी चुनावअघिकै गठबन्धन ब्युँताउने गरी समझदारीमा पुग्यौँ,” नेपाली काँग्रेसका एक नेताले भने, “यसमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच पनि एक चरणमा कुराकानी भएको छ । भोलि हामी सबै विषयमा प्याकेजमा निष्कर्षमा पुग्छौँ ।”

advertisement

देउवा निवास धुम्बाराहीमा बसेको काँग्रेस पदाधिकारीको बैठक लगत्तै सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू घनश्याम भुसाल र बेदुराम भुसालसँग पनि देउवाले छलफल गरेका थिए ।

उनीहरूसँगको छलफलपछि केही पदाधिकारीसहित बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पुरानै गठबन्धन ब्युँताउन प्रस्ताव गरेको काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीले निर्णय गर्ने अधिकार आफूलाई दिएको भए पनि बिहीबार नेताहरूसँग बसेर निर्णय गर्ने बताएका थिए ।

स्रोतले दिएको जानकारी अनुसार राष्ट्रपति काँग्रेसले पाउने छ भने प्रचण्डले कति वर्ष प्रधानमन्त्री लिने र त्यसपछि को भन्ने विषयमा पुरानै गठबन्धनमा आबद्ध राजनीतिक दलका नेताहरूको बिहीबार बस्ने बैठकले टुङ्गो लगाउने छ ।

 

प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com