काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्राइले पुष १० को सहमति अनुसार नभए नेकपा एमाले सरकारमा नबस्ने बताएका छन् । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा बिहीबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमति पालना हुन्छ भन्नेमा एमाले विश्वस्त रहेको र यदी नहुने अवस्था भयो भने सरकारमा नबस्ने बताएका हुन्। पुष १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको उनले दाबी गरे।

सोही सहमति अनुसार सत्ता समिकरण भित्रबाट राष्ट्रपतिमा एमालेको उम्मेदवार हुनुपर्ने उनको भनाइ छ । ‘तत्कालिन गठबन्धन भत्किएर नयाँ समिकरण बन्दा पुष १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो,उनले भने सभामुख, ‘उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ, अहिलेपनि सहमति अनुसार नै सत्ता समिकरण चलिरहेको छ, एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ ।’

advertisement

यदी सहमतिविपरित हुने अवस्था आएमा एमाले सरकारमा नरहने उनले स्पस्ट पारे । ‘एमालेले दुई वटा डुंगामा खुट्टा हाल्दैन, १० गतेको सहमति कार्यान्वन भयो भने हामी सरकारमा रहन्छौं, १० गतेको सहमति कार्यान्वयन भएन भने हामी कसरी सरकारमा रहन्छौं ? उनले उल्टै प्रश्न गरे ।

साथै उनले एमालेपनि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन् । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै उनले कांग्रेसले पनि एमालेको उम्मेदवारमा सहमति जनाउनु पर्छ, त्यसो भएन भने कांग्रेसले आफ्नो उम्मेदवार उठाएर राष्ट्रपतिको चुनावमा जान सक्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com