काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा कुनै पनि उमेदवारको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको छ ।
प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी राष्ट्रपति निर्वाचनका लागि कुनै पनि उमेदवारको प्रस्तावक तथा समर्थक नबस्ने बताए । उनले आफूहरु अहिले पार्टी निर्माणमा मात्रै केन्द्रित भएको बताए।
ढकालले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी हुने वा नहुने भन्ने विषयमा भने फागुन २५ गतेअगाडि नै बैठक बसेर टुंग्याउने बताए ।
“निर्वाचनमा सहभागी हुने/नहुने विषयमा २५ गतेअघि पार्टी बैठक बसेर निर्णय गर्छौं । अहिले हामी पार्टी निर्माणमा छौँ । अहिलेको बैठकको बारे हामीलाई केही खबर छैन,” उनले भने, “राष्ट्रपति निर्वाचन हाम्रो प्राथमिकता हैन, हामी निर्णायक होइनौँ ।”
प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार













प्रतिक्रिया