काठमाडौं । नेकपा (एमाले) सरकारबाट बाहिरिनेमात्रै नभएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको छ । पार्टी कार्यालय च्यालसमा सुरु भएको सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारी दिने वा नदिनेबारे निर्णय लिनुको साथै सरकारबाट आजै बाहिरिने निर्णय लिने तयारी छ ।

एमाले सचिव पद्यमा अर्यालले एमाले सरकारबाट बाहिरिने लगभग निश्चित् भैसकेको र आजको सचिवालयले बैठकले सो निर्णय लिने जानकारी दिईन् । राष्ट्रपतिको निर्वाचनको लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

advertisement

राष्ट्रपतिमा कांग्रेस, माओवादीसहित ८ दलले कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै वर्तमान सत्ता समिकरणमा फेरबदल आउने भएको हो । एमालेले पुष १० गते नै राष्ट्रपति आफ्नो दलले पाउने सहमति भएको दाबी गर्दै आएको थियो ।

तर, प्रधानमन्त्री प्रचण्डले एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग नगर्ने अडान लिएको र हिजोमात्रै कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेकोले एमालेसहित बनेको ७ दलीय गठबन्धन भत्किन पुगेको हो

 

प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com