काठमाण्डाै – नेकपा एमालेका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे कार्यालय बसुन्धरा पुगेका छन् । राष्ट्रपतिमा पार्टी उपाध्यक्षसमेत रहनुभएका सुवास नेम्वाङलाई मत माग्न एमाले नेताहरू बिहीवार दिउँसाे रास्वपा पार्टी कार्यालय पुगेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेलगायतका नेताहरूसँगकाे भेटमा एमाले नेताहरूले नेम्वाङकाे पक्षमा मतदान गर्न आग्रह गरेका छन् । भेटमा एमालेबाट राष्ट्रपति उम्मेदवार नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव याेगेश भट्टराईलगायत नेताहरू सहभागी छन् । यस्तै रास्वपाबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरू छन् ।

advertisement

यसअघि एमाले नेताहरू नेम्वाङलाई मत माग्दै आजै दिउँसाे नेकपा एकीकृत समाजवादीकाे कार्यालय पुगेका थिए ।

प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com