काठमाडौं । सरकारले दूधको मूल्य एकै पटक नौ रुपैयाँले बढाएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो।

कृषि तथा पछुपंक्षी मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषद्ले प्रतिलिटर ९ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको छ।

‘अहिले दूधको मूल्य प्रतिलिट ५६ रुपैयाँ ४ पैसा छ। आज कृषि मन्त्रालयले पठाएको प्रस्तावअनुसार ९ रुपैयाँ बढेको जानकारी आएको छ,’ ती अधिकारीले भने।

अब किसानले बिक्री गर्ने दूधको न्यूनतम मूल्य प्रतिलिटर ६५ रुपैयाँ पुगेको छ ।

हरेक दुई वर्षको मूल्य समायोजन गरिने बताइए पनि सरकाले पछिल्लो एकै वर्षमा दुई पटक दूधको मूल्य बढाएको छ।

 

प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com