काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले ‘जनयुद्धकालीन’ मुद्धा अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने बताएका छन् ।
डा. भट्टराईले, ट्वीटरमा स्टाटस पोष्ट गर्दै भनेका छन्, प्रधानमन्त्रीलाई मुद्धा लगाउन पाइने भएपनि त्यो मुद्धा हेर्ने काम अदालतको नभएको बताएका हुन् ।
उनले बहालवाला प्रधानमन्त्रीलाई मुद्धा लगाउन मिल्ने तर शान्ति सम्झौता अनुसारजनयुद्धकालीन मुद्दा (टीआरसी)ले हेर्नुपर्ने बताए । आइतबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा हालेर जिस्काउन खोजिएको टिप्पणी गरेका थिए। सो टिप्पणीपछि सामाजिक सञ्जालमा आएका आलोचनालाई सम्बोधन गर्ने गरी भट्टराईले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्।
उनले लेखेका छन्, ”हालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन! मज्जाले पाइन्छ! म आफै प्रम छदा थुप्रै मुद्दा खेपेको छु,’’ ‘’अदालतमा हाजिर भएको छु! तर शान्ति सम्झौता अनुसारजनयुद्धकालीन मुद्दा (टीआरसी)ले हेर्ने हो, नियमित अदालतले हैन!”
आवेग भन्दा पनि विवेकले काम गर्न अनुरोध गर्दै भट्टराईले प्रधानमन्त्री प्रचण्डको हकमा पनि सोही प्रक्रिया लागू हुने उल्लेख गरेका छन्। ‘‘प्रम प्रचण्डको हकमा पनि त्यही हो! आवेग हैन विवेकले काम गरौँ!’’ उनले भनेका छन्।

प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार













प्रतिक्रिया