काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान सरकारमा सहभागी हुने सोच नरहेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङदेनले राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी सोच पनि नरहेको बताएका हुन् । वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना पनि कम रहेको उनले बताए ।

advertisement

उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषय छिट्टै पार्टीले निर्णय गर्ने लिङदेनले जानकारी दिए ।

यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशील व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको जिकिर गरे ।

कार्यक्रममा कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्यलगायतका नेता प्रवेश गरेका थिए ।

प्रकाशित मिति: २८ फाल्गुन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com