काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा महसुस गरिएको छ ।
डाटा प्रशोधन भइरहेकाले भूकम्पको तीव्रता र केन्द्रविन्दुबारे जानकारी प्राप्त भइनसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार
प्रतिक्रिया