काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालसँगकाे खेलमा यूएईका कप्तान माेहम्मद वसीमले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेकाे यूएईका लागि वसीमले ४३ बलमा अर्धशतक बनाएका हुन् । उनी सन्दीप लामिछानेकाे बलमा ४८ बलमा ६३ रन बनाएर आउट भए । याे समाचार तयार पार्दासम्म यूएईले १६ ओभर २ बलमा २ विकेट गुमाएरु ९८ रन बनाएकाे छ ।

लिग–२ को अन्तिम शृङ्खलाकाे यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुन/जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ ।

प्रकाशित मिति: २ चैत्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com