काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशकाे अर्थतन्त्रकाे अवस्था गम्भीर रहेकाे बताएका छन् ।
शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले अब एक-दुई दिनभित्रै सरकारले पूर्णता पाउने र अर्थतन्त्रको समस्यामा विषयमा सरोकारवालासँग परामर्श गरेर प्रभावकारी कदम चाल्ने बताए ।
उनले देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेर अघि बढ्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठले भने – ‘अर्थविद् र व्यवसायीकाे कुरा पनि सुनिराखिएकाे छ, हामी आफैंले पनि देखिराखेका छाैं, देशको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन, गम्भीर नै छ, तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गरेर समाधान गर्नुछ, सरकार यसमा गम्भीर छ, एक-दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउँछ, त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरू पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्नेगरी अगाडि बढनेछौं ।
अहिलेकाे राष्ट्रकाे मुख्य कार्यभार समाजिक आर्थिक रुपान्तरण गर्नु र समृद्ध देश निर्माण गर्नु रहेकाे उनले बताए ।
प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार













प्रतिक्रिया