डोटी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावल लगातार पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाएका छन् । उनले अछाममा रावलले आफूलाई अप्ठेरोमा पार्ने प्रयास गरेको समेत आरोप लगाए ।
‘उहाँले कैलालीमा बसेर अछाममा मेराविरुद्ध तोप पड्काउने प्रयत्न गर्नुभएछ’ एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत मंगलबार डोटीमा आयोजित कार्यक्रममा पौडेलले भने, ‘तर तोपमा गोबर हालेर पड्काउन खोज्नुभएछ, तोपमा बारुद हालेको भए पड्किन्थ्यो ।’
सोमबार अछामको साँफेबगरमा भएको एमालेको कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल सहभागी भएका थिए । उक्त कार्यक्रममा भएको विवादलाई जोड्दै उपाध्यक्ष पौडेलले भने ‘उहाँलाई कसैले अछाम जाँदा उहाँसंग भिसा, पासपोर्ट लिएर जानुपर्छ भन्ने लाग्दोरहेछ, जुनसुकै नागरिकले पनि नेपालको जुनसुकै ठाउँमा जान पाउँछन् ।’
प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार













प्रतिक्रिया