काठमाडौं । बुधबारको सत्ता गठबन्धन बैठकमा नेपाली खाजा ‘सर्भ’ गरिएको छ । बैठकमा सहभागी नेताहरूलाई भुटेको मकै र मही दिइएको थियो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त भुटेको मकै र मही खाँदा गाउँको बाल्यकालको याद आएको प्रतिक्रिया जनाएका छन् ।
फेसबुकमा खाजा लिँदै गरेको तस्बिरहरू सेयर गर्दै भट्टराईले लेखेका छन्, “भुटेको मकै र मही । गाउँको बाल्यकालको याद !”
प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार
प्रतिक्रिया