काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू काँग्रेसमा नरहेको सन्देश पठाएका छन् ।

वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ-१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ । यही सन्दर्भमा वाग्लेले महामन्त्रीद्वयसँगै नेताहरू शेखर कोइराला र डा. गोविन्द राज पोखरेललाई एसएमएस पठाएर आफू काँग्रेसमा नरहेको बताएका हुन् ।

advertisement

‘शेरबहादुर–आरजु काँग्रेसमा रहिन’ भन्दै उनले भविष्यमा यी ४ नेता नेतृत्वमा पुगेमा पुनः सहकार्य हुने सन्देश पठाएको एक नेताले जानकारी दिए ।

स्वर्णिमको एसएमएस आएपछि महामन्त्रीद्वय र अरु नेताहरुले निरन्तर सम्पर्कको प्रयास गरेका छन् । तर स्वर्णिमसँग सम्पर्क हुन सकेको छैन ।

 

प्रकाशित मिति: १६ चैत्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com