काठमाडौँ । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले डा.स्वर्णिम वाग्लेको विद्रोहलाई हल्का रूपमा लिन नहुने बताएका छन्।

नेपाली काँग्रेस पार्टी परित्याग गरेका वाग्लेको विद्रोह अर्थपरक रहेको भट्टराईले उल्लेख गरेका छन्।

advertisement

डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटमार्फत भनेका छन्, ‘डा. स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने नै छन्। तर यसलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन। देशको अहिलेको चौतर्फी गम्भीर सङ्कटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन। अतः वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लि‍औं।

डा. वाग्लेले बिहीबार काँग्रेस परित्याग गरेको घोषणा गरेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपनिर्वाचनका लागि उम्मेदवार बन्ने बताइएको छ।

 

प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com