काठमाडौं । नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा उम्मेदवारी दिएका स्वर्णिम वाग्लेले चुनाव लड्न आर्थिक सहयोग मागेका छन्।

उनले निर्वाचन लड्न धेरैजना शुभचिन्तकले इच्छा गरेको उल्लेख गर्दै यसै प्रयोजनार्थ आफूले छुट्टै खातासमेत खोलेको बताएका छन् । उनले काठमाडौंस्थित सानिमा बैंकमा खाता खोलेर त्यही खातामा रकम सहयोग गर्न भनेका छन्।

advertisement

उनले फेसबुकमा लेखेका छन्, ‘तनहुँ १ को आसन्न उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरैजना शुभचिन्तकले इच्छा गर्नुभएको छ । यसै प्रयोजनका लागि निम्न खाता (नयाँ) खोलेको छु। निर्वाचन आयोगले रु ३१ लाखको सीमा तोकेकोमा यसभन्दा धेरै पैसा जम्मा भए पूर्ण सार्वजनिक जानकारीसहित कानूनबमोजिम गर्नेछु।’

 

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com