काठमाडौं । टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ले अभिनेता पल शाहसँग म्युजिक भिडियोमा स्क्रिन सेयर गरेकी छिन् ।

उनले आफूलाई सबैभन्दा बढी मनपर्ने अभिनेता एवं मोडलसँग पहिलो पटक अभिनय गरेकी हुन् ।

मिस पबिले पलसँग म्युजिक भिडियोमा अभिनय गर्ने सपना रहेको बताउँदै आएकी थिइन् ।

‘थाहै भएन्’ गीतको भिडियोमा पल र मिस पबिको जोडी दर्शकहरुले देख्न पाउनेछन् । यो भिडियो मुस्ताङमा छायांकन भएको हो ।

गायक हिमाल सागरले सुटिङ सेटका तस्वीरहरू फेसबुकमा सेयर गरेका छन् ।

 

 

प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com