काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३० वर्षसम्म शासन सत्ता चलाएर देश खोक्रो बनाउनेहरूले आफूलाई प्रश्न सोध्ने र आलोचना गर्ने अधिकार नरहेको बताएका छन् ।

तनहुँको आँबुखैरेनीमा स्वर्णिम वाग्लेका लागि मत माग्न आयोजित आमसभामा सभापति लामिछानेले आफूलाई प्रश्न सोध्ने ती व्यक्तिहरूलाई रास्वपाको सरकार बनेपछि भ्रष्टाचारमा जेल कोच्ने चेतावनी दिए ।

advertisement

लामिछानेले भने– हाम्रो सरकार बन्यो भने भ्रष्टाचारमा जेल कोच्ने भनेका मान्छेले हाम्रो आलोचना गरेका छन् । तीनका प्रश्नको जवाफ म दिन्न,तीनलाई त जेल ठोक्ने हो । ३० वर्ष देश लुट्नेहरूले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ, हामीलाई प्रश्न सोध्ने होइन ।

सभापति लामिछानेले जान्नेलाई जनताले छान्नुपर्ने भन्दै सबै दलभित्र रहेकाहरूलाई योग्य र सक्षमलाई समेटेर आफू अघि बढ्ने बताए ।

प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com