काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारलाई अर्को पालिकामा सार्न चुनौती दिएका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै साहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न भनेका हुन्।

advertisement

उनले लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस,कि सिंहदरबार अरु पालिकामा सार्नुहोस। हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस। हामीलाई हाम्रो सम्पदा, सस्कृती, कला, सभ्यता चाहिन्छ, राजनीति हैन।’

पछिल्लो समय बालेनले महानगरलाई संघिय सरकारले सहयोग नगरेको भन्दै आक्रोस पोख्दै आइरहेका छन्।

 

प्रकाशित मिति: ३० चैत्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com