काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले वडाध्यक्षहरूको राजीनामा मागेका छन् । पटक–पटक कार्यपालिका बैठक बहिष्कार भएपछि मेयर राईले फेरि वडाध्यक्षहरूको राजीनामा मागेका हुन् ।

मेयर साम्पाङले यसअघि १ पुसमा पनि कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए ।

advertisement

‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ मेयर साम्पाङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com