काठमाडौं । झापामा ८८ बोरा मकैसहित ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गौरीगञ्ज गाउँपालिका-२ आँपगाछीमा भारतबाट नेपाल आउँदै गरेको मे १ त ७११० नम्बरको ट्र्याक्टरलाई मंगलबार बिहान नियन्त्रणमा लिएको डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

अवैध रूपमा भारतबाट ल्याएको मकै प्रहरीले बरामद गरेको हो।

गस्ती गएको टोलीले चालकलाई पक्राउ गर्न खोज्दा फरार भएका थिए। जाँच गर्दा ८८ बोरा मकै फेलापरेपछि ट्र्याक्टरसहित नियन्त्रणमा लिइएको हो।

प्रहरीले मकैसहितको ट्र्याक्टर थप अनुसन्धानका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ।

 

प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com