काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह मोटरसाइकल दुर्घटना परी घाइते भएकी छन्।
शुक्रबार दुर्घटनामा घाइते भएकी सिंहको अहिले काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
बिहान साढे १० बजे कोटेश्वरमा उनी चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो।
उनको स्वास्थ्यमा सुधार हुँदै गइरहेको बताइएको छ।
प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार
प्रतिक्रिया