काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतकाे पर्खाल भत्किँदा चार जना सामान्य घाइते भएका छन् । लगातारको वर्षाको कारण पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको हो ।

अस्पतालका अनुसार पर्खालबाट केही ईंट्टा खसेर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको थियो । तल्लो तल्लाको टिनमा ठाेक्किएर तल खसेकाले गम्भीर चोट भने नलागेको बुझिएको छ।

घाइतेहरु खतरामुक्त रहेको अस्पतालका कार्यकारी निर्देशक सन्तोष पौडलले जानकारी दिए ।

 

प्रकाशित मिति: १७ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com