काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आफू संलग्न भएको पुष्टि कसैले गरे राजनीतिक जीवनबाट बाहिर निस्कने बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै खतिवडाले भने, ‘मेरो नाम र पूर्वप्रधानमन्त्रीको नाम राखेर समाचार आएका छन्, फलानाको पनि छानबिन हुनुपर्छ भनेर। यदि कहीँबाट पुष्टि भए वा म संलग्न छु भने सजाय भोगेर राजनीति जीवनबाट बाहिर जान तयार छु।’

advertisement

उनले यो प्रकरणमा मुछिएका नेतालाई लुकाउनेलाई के कारबाही हुन्छ भनेर पनि प्रश्न गरेका छन्। ‘लहरो तान्दा पहरो थर्कन्छ भनेजस्तै प्रधानमन्त्रीकोमा म्याउँ म्याउँ गर्दै जोगाउने कामको अन्त्य होस्,’ उनले भने।

 

प्रकाशित मिति: २४ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com