काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आफू संलग्न भएको पुष्टि कसैले गरे राजनीतिक जीवनबाट बाहिर निस्कने बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै खतिवडाले भने, ‘मेरो नाम र पूर्वप्रधानमन्त्रीको नाम राखेर समाचार आएका छन्, फलानाको पनि छानबिन हुनुपर्छ भनेर। यदि कहीँबाट पुष्टि भए वा म संलग्न छु भने सजाय भोगेर राजनीति जीवनबाट बाहिर जान तयार छु।’
उनले यो प्रकरणमा मुछिएका नेतालाई लुकाउनेलाई के कारबाही हुन्छ भनेर पनि प्रश्न गरेका छन्। ‘लहरो तान्दा पहरो थर्कन्छ भनेजस्तै प्रधानमन्त्रीकोमा म्याउँ म्याउँ गर्दै जोगाउने कामको अन्त्य होस्,’ उनले भने।
प्रकाशित मिति: २४ बैशाख २०८०, आइतबार












प्रतिक्रिया