काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदबाट पदमुक्त गरेको ढाकाकुमार श्रेष्ठमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश तिलकुमार श्रेष्ठको एकल इजलासले सोमबार श्रेष्ठको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। कारबाही गर्नुको कारण पेस गर्न पनि अदालतले भनेको छ।

advertisement

मन्त्री बन्न पार्टीलाई पैसा बुझाउनु पर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि उनलाई गत चैत २९ गते पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।

 

प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com