काठमाडौँ । सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएसँगै नागरिक उन्मुक्ति पार्टी माइतीघर मण्डलामा आन्दोलन गर्न पुगेको छ ।

सोही पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतम पनि त्यहाँ उपस्थित भएकी छन् ।

advertisement

त्यहाँ पुगेका पत्रकारहरूसँग कुरा गर्दै एलिजाले सर्वोच्चको फैसलाविरुद्ध चर्को अभिव्यक्तिसमेत दिइन् । उनले रेशम चौधरी नछुटे देशमा आगो लाग्ने पनि बताइन् ।

उनले भनिन्, ‘जबसम्म उहाँले न्याय पाउनुहुन्न, हामी चुप बस्दैनौँ, देशव्यापी आन्दोलन हुन्छ । अब यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा । तपाईँ हामी सम्झिउन् न, हाम्रै दाजुभाइ, हाम्रै परिवारमा यस्तो घटना घटेको भए कस्तो हुन्थ्यो होला रु हामीलाई आज त्यस्तै भएको छ । उक्त घटनाका मृतकका परिवारलाई पनि त्यस्तै पीडा भएको थियो होला नि त रु भन्ने प्रश्नको जवाफ भने एलिजाले दिन सकिनन् ।

निर्दोष व्यक्तिलाई ९–१० वर्षदेखि जेलमा राखिएको एलिजाको गुनासो थियो ।

उनले भनिन्, ‘हामीले स्वीकारेका थियौँ । आज आउला, भोलि आउला भनेर यत्रो ९–१० वर्षसम्म चुप लागेर बसेका हौँ । उहाँले न्याय पाउनुहोला भन्ने थियो । तर, खोइ त रु आज पनि हामी फुलमाला लिएर गेटमा बसेका थियौँ, उहाँले सफाइ पाउनुहुन्छ भनेर । तर पाउनु भएन । एकदमै गलत निर्णय भयो । निर्दोष व्यक्तिलाई यसरी फसाउन पाइँदैन । अब हामी लड्छम् । सडकमा उत्रिन्छम् । ’

 

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com