काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीलगायतका नेताहरूलाई संविधान बमोजिम आममाफी दिन र नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट  जारी गर्न किन्तुपरन्तु गर्न नहुने बताएका छन्।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी विधेयक  प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो। त्यस्तै रेशक चौधरीलाई आममाफी दिने तयारी पनि सरकारको छ।

भट्टराईले ट्वीट गर्दै  चौधरीलाई आममाफी दिन  र  नागरिकताविहीन रहेका  जन्मसिद्ध बाबुआमाका सन्तानलाई  नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक  राष्ट्रपतिबाट छिटो जारी हुनुपर्ने बताएका हुन्।

‘लोकतन्त्र भनेको प्रक्रिया संगसंगै मुख्यतःजनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं,’ भ६्टराईले लेखेका छन्।

 

प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com