काठमाडौँ । जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद दिएका छन्।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेपछि अध्यक्ष यादवले राष्ट्रपतिलाई धन्यवाद दिएका हुन्।

advertisement

यादवले अब सदाका लागि अनागरिक भएका जनताले नागरिकता पाउने भन्दै खुसी व्यक्त गरेका छन् ।

नागरिकता विधेयक प्रमाणीकरणसँगै देशमा नागरिकताको समस्या समाधान भएको उनको भनाइ छ ।

 

प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com