काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन माग गरेका छन् । मुलुकको अर्थतन्त्र र जनताको आर्थिक अवस्थालाई मध्यनजर गरेर सरकार बजेट सच्याउन तयार हुनुपर्ने ओलीको भनाइ थियो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै ओलीले बजेट सच्याउन माग गरेका हुन् । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने उनको भनाइ थियो । ‘यहाँ सत्ता अहंकार हुन्छ । बजेट सच्याउन मिल्दैन । बजेट सच्याएबापत सरकार असफल भयो भन्दैनौं हामी, सच्याउनुस् बजेट । सरकार असफल भयो, सरकारले बजेट फेर्‍यो भन्दैनौं हामी,’ उनले भने, ‘सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस् । हामी साथ दिन्छौं । तर सत्ता अहंकारले बजेटमा कमा, फुलस्टप फेरिँदैन । हामी जो बाहुबली छौं, टेर्दैनौं भन्नुहुन्छ भने परिणामले तपाईंलाई सत्ता अहंकारबाट तपाईंको अहंकारको सत्ताको भूत परिणामले झारिदिनेछ ।’

advertisement

ओलीले राजस्व अपचलन हुने गरी बजेट आएको पनि दाबी गरेका छन् ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com