काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले विकासको मानक केपी ओलीबाहेक अरु कुनै प्रधानमन्त्री हुन नसकेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘एउटा कुरा हेक्का होस् विकास कस्तो हुन्छ ? स्वाधीनता कस्तो हुन्छ ? राष्ट्रिय पुननिर्माणको अभियान कस्तो हुन्छ ? भन्ने कुराको मानक केपी ओलीबाहेक अरु कुनै प्रधानमन्त्री भएनन् । होइनन्’, उनले भने, ‘त्यही सरकारले अगाडि सारेका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विदेश सम्बन्धका सम्पूर्ण कुरालाई बजेटमा समेटेर आउनुस् र त्यसलाई समृद्ध बनाउनुस् न हामी दुई हातले ताली ढोक्छौं, नाचौँला पनि हामी कुनै चेत नभएको विपक्षीजस्तो होइन ।’

advertisement

बजेट निर्माणको बेलामा अहिले मुसो नपसेपनि कागज गडबढ गर्नका लागि पहिलाकै मान्छेले अहिले पनि राखेको आरोप लगाए ।

 

प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com