काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको छ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको एक टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो।

प्रहरीको फायरिङमा एक लागूऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिसकिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको एसपी जोशीले जनाए ।

प्रकाशित मिति: २८ जेष्ठ २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com