काठमाडौं । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकारले स्वामित्व ग्रहण गरेको बताएको थियो । अलपत्र अवस्थामा रहेको उक्त रंगशाला सरकारले आफै बनाउने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक बताउँदै पनि आएका थिए ।

तर, नयाँ आर्थिक वर्ष २०८० -८१ को बजेट सार्वजनिक हुँदा रातो कितावमा भने उक्त रंगशालाका लागि १ लाखमात्रै विनियोजन भएको छ । सरकारले यसअघि नै धुर्मुस सुन्तली फाउण्डेशनले लिएको उधारो १२ करोड तिरेर आफै बनाउने बताएको थियो । आर्थिक वर्ष २०७९÷८० को बजेटबाट त्यसका लागि १२ करोड दिने प्रक्रिया भने अघि बढेको जनाइएको छ ।

मूलपानी क्रिकेट मैदानलाई १५ करोड विनियोजन

तर, संघीय सरकारले रंगशाला पुरा गर्नका लागि १ लाख मात्रै विनियोजन गरेपछि खेल क्षेत्रका व्यक्तिहरुले भने आश्चर्य व्यक्त गरेका छन् । रातो किताबको बजेट उप शीर्षक नम्बर ३४३४१०११ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भरतपुर १५ शान्तिचोक रामपुरका नाममा १ लाख विनियोजन गरिएको उल्लेख छ ।

हुन त उक्त रंगशाला निर्माणका लागि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका बेला भारत सरकारसँग कुरा गरेको बताएका छन् ।
तर बजेट पेश भएपछि मात्रै प्रचण्ड भारत भ्रमणमा गएको र मन्त्रालयहरुले विनियोजन पहिला नै गर्ने भएकाले कसका कुरा पत्याउने अहिले अन्यौलमा परेको खेलकुदकै एक पदाधिकारीले बताए ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com