काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ। शनिबार बिहान नेता कोइराला र उपाध्यक्ष मिश्रबीच भेटघाट भएको हो।
भेटमा उनीहरूबीच पूर्वराजा ज्ञानेन्द्र शाहका विषयमा कुराकानी भएको बताइएको छ। भेटपछि उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमा दुई नेताबीच राजाबारे भएको संवादको अंश सेयर गरेका छन्।
कोइरालाले संवादका क्रममा भनेका छन्, ‘म राजा (ज्ञानेन्द्र शाह)लाई कहिल्यै पूर्वराजा भन्दिनँ नि। मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दू राष्ट्र जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन्– ती हुन् राजा!’
त्यसपछि मिश्रले कोइरालाको उक्त भनाइ सार्वजनिक गर्न अनुमति माग्छन्। उनले भन्छन्, ‘तपाईंको यो भनाइ म उद्धरण गर्न सक्छु?’ जवाफमा कोइरालाले भने, ‘किन नसक्नु? मैले सार्वजनिक रूपमै भनेको कुरा हो यो।’
प्रकाशित मिति: २ असार २०८०, शनिबार













प्रतिक्रिया