काठमाडौं ।   गएराति आएको बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने  १६ जना मजदुर सहित १९ जना बेपत्ता भएका छन् ।

हेवाखेलामा गएराति आएको बाढीका कारण हाइड्रोपावरमा काम गर्ने १९ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । उनका अनुसार बाढीले हाइड्रोपावरको चार पाँच वटा घर बगाएको छ । त्यही घरमा सुतिरहेका मजदुरहरु बाढीमा परेका हुन् ।

हेवा खोलामा अहिले पनि बाढी आइरहेको र पानी समेत परिरहेकाले बेपत्ता भएकाहरुको खोजीमा कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा पूर्णरूपमा क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com