काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरूलाई एकै पटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी पङ्क्ति अब देशमा गन्न नसकिने रूपमा अघि बढिसकेको बताए।

advertisement

उनले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनीचुनी कानुनी दायरामा ल्याउनु रहेको बताए।

उनले पार्टीलाई दुई तिहाइमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पारे। उनले अब आफू सधैँ ठुला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको जिकिर गरे। उनले साना कुराहरूमा पार्टीका अन्य नेताहरू बोल्ने बताए।

उनले भने, ‘हामी यो यात्रालाई अविरल अघि बढाउन चाहन्छौँ। नयाँ छौँ थाहा छ, सिक्ने कुरा धेरै छन्। विचार छैन भन्छन्, विचारका बारेमा कुरा पछि गरौँला। यो देशका भएभरका भ्रष्टलाई एकै पटक जेल कोच्ने विचार छ। यो देशलाई श्रोत र साधनको सम्पन्न संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनीचुनी कानुनी दायरामा ल्याउने विचार छ।’

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com