काठमाडौं । भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रा.लिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाएको छ ।

कम्पनीले आइतबार इमेलमार्फत पत्र पठाएर चलचित्र ‘आदिपुरुष’मा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभइ सम्पूर्ण भारतीय नारीहरुको स्वाभीमानलाई प्रतिनिधित्व गरेको उल्लेख गरेको छ ।

advertisement

कम्पनीकी राधा दासद्वारा हस्ताक्षरित पत्रमा संसारका महिलाहरुको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको बताउँदै चलचित्रलाई कलात्मक प्रदर्शनको रुपमा हेरिदिन र सहयोग गर्न भनेकी छन् ।

‘सर्वप्रथम यदि हामीले कुनै पनि विषयमा नेपालको भावनामाथि चोट पुर्याएको भए माफी चाहन्छौं, कसैको सौहाद्रतामा खलल पुर्याउने हाम्रो कुनै पनि चाहना वा नियोजित कार्य थिएन’, पत्रमा भनिएको छ ।

‘चलचित्रमा प्रभासले निभाएको चरित्र श्री राघवले बोलेको ‘आज मेरे लिए मत लड्न, उस दिन के लिए लड्ना जब भारत कि किसि बेटी पर हात डाल्ने से पेहेले दूराचारी तुमहारा पौरुष याद कर्के थ्रा उठेका’ को सम्बन्ध माता सीताको जन्मभूमिसँग सम्बन्धित नभएको तर भारतका सबै महिलाहरुको स्वाभीमानलाई जनाउने रुपमा प्रयोग गरिएको हो’, पत्रमा उल्लेख गरिएको छ ।

काठमाडौं महानरका मेयर बालेनले बिहीबार उक्त चलचित्रमा रहेको विवादित संवाद ३ दिनभित्र हटाउन र नहटाए महानगरभित्र कुनैपनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए । त्यसैक्रममा, आज नगर प्रहरीले हलहरुमा पूर्वसूचना दिइसकेको छ भने हल सञ्चालकहरुले पनि महानगरको निर्णय मान्ने जनाएका छन् ।

प्रकाशित मिति: ४ असार २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com