काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिक प्रयोगमा निषेध लगाउने भएको छ । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरभित्र एकल प्रयोगका प्लाष्टिकको प्रयोग निषेध लगाउने घोषणा गरेका हुन् ।

४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा निषेध लगाउने महानगरको निर्णय २०८० साउन १ गतेबाट लागू हुनेछ ।
एकल प्रयोगकका प्लाष्टिकसँगै महानगरले प्लाष्टिकका फूलगुच्छा आयात, उत्पादन तथा बिक्री वितरणमा पनि रोक लगाउने भएको छ । वातावरणीय प्रभाव मूल्यांकनलाई ध्यानमा राख्दै महानगरमा प्लाष्टिकजन्य कुनै पनि वस्तुको उत्पाद, प्रयोग र बिक्री वितरणमा निषेध गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।

advertisement

त्यस्तै, महानगरका मेयर शाहले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक स्थानमा धुम्रपानतथा सुर्तिजन्य पदार्थको सेवन र बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाउने उल्लखे गरिएको छ ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com