काठमाडौं । नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ। हिजो रोमानियामा एक कार्यक्रममा उनीमाथी बियरको बोतल प्रहार भएको हो।

गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्राप्त भिडियोमा प्रकाश सपूतले गीत गाइरहेको बेला अचानक दर्शक दिर्घाबाट बोतलको प्रहार भएको देखिन्छ।

advertisement

आफ्नाे सुरमा गीत गाइरहेका प्रकाशले बोतल आएको नदेख्दा छल्न सकेनन् र उनको अनुहारमै बोतल लागेको थियाे। त्यस लगत्तै हातले मुख छोप्दै स्टेज छाड्छन्। आयोजकले तत्काल बोतल प्रहार गर्नेलाई समातेका थिए।

प्रकाशित मिति: ११ असार २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com