काठमाडौँ । पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ ।
गत आइतबार अनुसन्धानको लागि निकालिएको जलहरी आज पुनर्स्थापना गर्न लागिएको हो ।
जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । यसअघि गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो।
जलहरीमा सुनको मात्र ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरिसकेको छैन ।
प्रकाशित मिति: १३ असार २०८०, बुधबार
प्रतिक्रिया