काठमाडौँ । मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखाधिकृत शेखर ढकाल दुई लाख घुससहित कार्यकक्षबाट पक्राउ परेका छन्।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयको टोलीले उनलाई घुससहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

advertisement

उनले नगरपालिका कार्यालयको विभिन्न मर्मतसम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको प्रवक्ता दाहालले बताए । उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com