काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताएका छन् ।

सो पार्टीको आज आयोजित तारकेश्वर नगरपालिका भेलामा उनले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरु सधैँ तयार रहेको बताए ।

advertisement

उनले भने,’नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौँ ।’ विसं २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताए । ‘विसं २०८४ को निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा रहेको छ’, उनले भन, ‘अहिले हामी संसद्मा दह्रो र खरो भएर उभिएका छौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने उल्लेख गर्दै उनले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरे । ‘रास्वपा दह्रो खुट्टा बनाएर अघि बढेको छ, भष्टचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौँ’, पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने ।

केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले रास्वपालाई जनताले दिएको विश्वासलाई पूरा गर्न लागि रहने प्रतिबद्धता व्यक्त गरे । पूर्वमन्त्री शिशिर खनालले विसं २०८४ को निर्वाचनमा आफ्नो पार्टीलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: २३ असार २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com