काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा नेपाल तरुण दलको केन्द्रिय समिति बिस्तार गरेका छन्।

नवगठित केन्द्रिय समितिमा काठमाडौं बाट सिंह बिक्रम पाण्डे लगायत १० जना मनोनीत भएका छन्। लामो समय देखि नेपाली काङ्ग्रेसमा आबद्ध पाण्डे युवा विद्यार्थी माझ लोकप्रीय मानिन्छन्। उनि विभिन्न सामाजिक अभियान तथा गतिविधिमा समेत सक्रिय छन्। ग्लोबल नागरिक सङ्गको संक्षिप्त कुराकानीमा पाण्डेले पार्टी र संगठनले दिएको जिम्मेवारी प्रती प्रतिबद्ध रहेको बताउँदै नेपाली काङ्ग्रेसको मेरुदण्ड मानिने तरुणदललाई सशक्त र मजबुत बनाउने बताए।

advertisement

नेपाल तरुणदलको केन्द्रिय तदर्थ समिती एक अध्यक्ष र ४०० केन्द्रिय सदस्य सहित ४०१ सदस्यीय बनेको छ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com