काठमाडौं । कमेडियन सन्दीप क्षेत्रीले ‘ह्वाट द फ्लप’ कार्यक्रमका लागि पल शाहको अन्तरवार्ता विवादित बनेपछि कान्तिपुर टेलिभिजनले युट्यूबबाट हटाएको छ ।

उक्त अन्तरवार्तामा पल शाहले आफ्नो जेल अनुभव सुनाएका थिए ।

ह्वाट द फ्लपमा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई सम्मान गर्दै उक्त एपिसोड युट्यूबबाट फिर्ता गरिएको कान्तिपुरले जनाएको छ ।

‘महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिवद्धता साथै एजेण्डा पनि हो । त्यसैले सो कार्यक्रमको कन्टेन्ट युट्यूबबाट फिर्ता गरिएको छ’, सामाजिक सञ्जालमा कान्तिपुरले लेखेको छ ।

सो अन्तरवार्तामा पलको जेल यात्रालाई बहादुरीपूर्ण कार्य जसरी चित्रित गरिएको थियो । पलले रोमाञ्चित हुँदै जेल बसाईको विवरण सुनाउँदा सन्दीप क्षेत्रीले लगातार अट्टहाँस गरेका थिए । दर्शकले उनको यस्तो प्रस्तुतिलाई पचाउन सकेका थिएनन् ।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com